सामुदायिक बन बिचको बिबाद मिल्यो


फागुन २५,अछाम
                दिगो शान्तिका लागि उन्नत सम्बन्ध साझा विकल्प पारितका लागि संयुक्त बैठक सम्पन्न शुक्रबार सम्पन्न भएको छ । साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेबी र चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कु बिचको सिमा विवादमा सहमति भएको हो । साफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेबीको त्रिपूरा सुन्दरी सामुदायिक बन उपभोक्ता समूह र चौरपाटी गाउपालिका वडा नम्बर ७ मार्कुको जयमष्टा सामुदायिक बन बिचको बिबादमा प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको सहजिकरणमा द्वन्द्व रुपान्तरण प्रक्रियादरा छलफल गरि विवादको समाधान गरिएको हो ।

               सहमतिमा सामुदायिक बनको संरक्षण, सम्बर्द्धन र दिगो बिकास गर्ने, दुबै सामुदायिक बनको संरक्षणका लागि आपसी समझदारीका आधारमा निर्धारण गरिएको सिमानामा पिल्लर वा कुनै संकेत हुने खालको चिन्ह राखिने सहमति भएको छ । जयमष्टा सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष चेतमान बोगटीको अध्यक्षतमा भएको कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख नर बहादुर कुँवर रहनु भएको थियो । कार्यक्रममा वोल्दै जिल्ला समन्वय समिति प्रमुख कुँवरले जिल्लामा रहेका प्राकृतिक द्धन्दहरुलाई सहमतिका आधारमा टुङ्गयाउनु पर्नेमा जोड दिनुभयो । बैठकमा चौरपाटी गाउँपालिकाका उपाध्यक्ष माया कुवर, प्राकृतिक श्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय श्रोत व्यक्ती टंक भण्डारी, सहजकर्ता पार्बती रावल खत्री, माकुरा समुहका पदाधिकारी, सामुदायिक बनका उपभोक्ता समितिका सदस्य लगाएतको सहभागिता रहेको थियो । माकुरा समुहका सदस्य जयराज रेग्मीले स्वागत मन्तब्य राख्नु भएको बैठकको संचालन सिता कुँवरले गर्नु भएको थियो ।

 

प्रतिकृया दिनुहोस

वान्नीगढी जयगढ गाउँपालिकाको ७४ प्रतिशत बजेट खर्च, ८२ योजना सम्पन्न

कात्तिक १५ अछाम अछामको वान्नीगढी जयगढ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा कुल बजेटको ७४ दशमलव १७ प्रतिशत खर्च गरेको छ। गाउँपालिकाले सार्वजनिक

लोक सेवा पढ्न सुर्खेत पुगेका अछामका युवक मृत फेला

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन्। अछामको रामारोशन गाउँपालिका–५ घर

नशामा हराएको मान्छे, आशामा फर्किएको जीवन

यो कथा मेरो हो। यो कुनै काल्पनिक उपन्यास होइन, न त कसैको कल्पनाबाट जन्मिएको कथा हो। यो मेरो आफ्नै जीवनमा घटेका वास्तविक घटनाहरूको दस्तावेज हो, जसका

↑