वान्नीगढी जयगढ गाउँपालिकाको ७४ प्रतिशत बजेट खर्च, ८२ योजना सम्पन्न

कात्तिक १५ अछाम

अछामको वान्नीगढी जयगढ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा कुल बजेटको ७४ दशमलव १७ प्रतिशत खर्च गरेको छ। गाउँपालिकाले सार्वजनिक सुनुवाइ मार्फत वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै ८२ वटा विकास आयोजना सम्पन्न भएको जानकारी दिएको हो।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेशप्रसाद जैशीले प्रस्तुत गर्नुभएको विवरण अनुसार कुल ३८ करोड २३ लाख ९६ हजार रुपैयाँ बजेट मध्ये २८ करोड ३६ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ। चालुतर्फ ८० दशमलव ४० प्रतिशत र पुँजीगततर्फ ५४ दशमलव ०२ प्रतिशत बजेट खर्च भएको छ। गाउँपालिकाले ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ।

पूर्वाधार विकासतर्फ उपभोक्ता समितिमार्फत ७२, ठेक्कामार्फत ७ र अमानतबाट ३ गरी ८२ वटा आयोजना सम्पन्न भएका छन् ।  यस्तै, राष्ट्रिय रोजगार प्रवद्र्धन कार्यक्रम मार्फत ८९ जनाले ६० दिनको रोजगारी पाएका छन् । कृषि, शिक्षा, पशुपन्छी, महिला तथा बालबालिका र सामाजिक सुरक्षाका क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

सार्वजनिक सुनुवाइमा सहभागीले खानेपानीको दिगो व्यवस्थापन, कृषि अनुदानको प्रभावकारिता, सडकको दुरवस्था, लक्षित समुदायका लागि विनियोजित बजेटको पारदर्शिता र रोजगारीका अवसरलगायत विषयमा प्रश्न उठाएका थिए।

सहभागीका जिज्ञासाको जवाफ विषयगत शाखाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत जैशी, उपाध्यक्ष विन्दु रावल र अध्यक्ष टेकबहादुर साउदले दिनुभएको थियो ।


  अध्यक्ष साउदले निर्वाचनका क्रममा नागरिक समक्ष गरेका प्रतिबद्धता पूरा भएको दावि गर्नुभयो । सुविधा सम्पन्न गाउँपालिकाको प्रशासनिक भवन निर्माण, खानेपानी समस्या समाधान र आयआर्जनका कार्यक्रमलाई उपलब्धिका रूपमा प्रस्तुत गर्नुभयो 

सार्वजनिक सुनुवाइ कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न सरोकारवालाको सहभागिता रहेको थियो। कार्यक्रमले गाउँपालिकाको बजेट खर्च र विकास निर्माणको अवस्थाबारे नागरिकलाई जानकारी दिनुका साथै सेवा प्रवाहमा देखिएका समस्या र सुधारका विषयमा जवाफदेहिता खोज्ने अवसर प्रदान गरेको छ।

प्रतिकृया दिनुहोस

लोक सेवा पढ्न सुर्खेत पुगेका अछामका युवक मृत फेला

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका छन्। अछामको रामारोशन गाउँपालिका–५ घर

नशामा हराएको मान्छे, आशामा फर्किएको जीवन

यो कथा मेरो हो। यो कुनै काल्पनिक उपन्यास होइन, न त कसैको कल्पनाबाट जन्मिएको कथा हो। यो मेरो आफ्नै जीवनमा घटेका वास्तविक घटनाहरूको दस्तावेज हो, जसका

चौरपाटी–५ मा प्लास्टिकमुक्त वडा निर्माणको प्रतिबद्धता, घरबाटै परिवर्तन थाल्न जोड

असोज २५ अछाम चौरपाटी गाउँपालिका–५ मा प्लास्टिकको प्रयोग न्यूनीकरण तथा वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागी

↑